site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकप एसिया छनोट खेलका लागि महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलका लागि आज १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

आगामी नोभेम्बर ४ देखि १४ तारिखसम्म संयुक्त अरब इरिमेट्स (यूएई)मा हुने उक्त छनोट प्रतियोगिताको लागि पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी छनोट हुने टोलीको अन्य सदस्यीयमा सोनी पाख्रिन उपकप्तान, अलिसा यादव, साना प्रविन, ज्योत्स्निका मरासैनी, कुसुम गोदार, सावित्रा धामी, करिस्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमना केसी, स्नेहा महरा, रचना चौधरी र तिर्सना विक छन् ।

उक्त छनोट प्रतियोगितामा आयोजक यूएईसँगै नेपाल, कुवेत र थाइल्यान्ड सहभागी हुनेछन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्