site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन

वाग्मती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, उक्त अवधिमा वाग्मती प्रदेशका १० जिल्लामा भएका ३९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए । रासस

 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्