site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रत्येक वर्ष उच्च लाभांश दिने यी १० कम्पनी, महँगा छन् दोस्रो बजारमा

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये अहिले युनिलिभर नेपाल, राष्ट्रिय बिमा कम्पनी, बोट्लर्स नेपाल (बालाजु), बोट्लर्स नेपाल (तराई) र साल्ट ट्रेडिङ कर्पाेरेसनको सेयरमूल्य उच्च छ । यी कम्पनीको सेयरमूल्य पाँचहजार रुपैयाँभन्दा बढी छ । युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता ४८ हजार रुपैयाँ छ ।

महँगो सेयरमूल्य भएका अधिकांश कम्पनीले प्रत्येक वर्ष सेयरधनीलाई लाभांश दिइरहेका छन् । नियमित लाभांश दिनेमा युनिलिभर नेपालले सबैभन्दा बढी दिइरहेको छ । यस कम्पनीले प्रत्येक वर्ष लगानीकर्तालाई नगद लाभांश दिँदै आएको छ । २०७१/७२ सालयता यस कम्पनीले १०० देखि १,७१४ प्रतिशतसम्म लाभांश दिएको छ ।

त्यसैगरी, नेपाल टेलिकमले प्रत्येक वर्ष उच्चदरमा नै लाभांश दिँदै आएको छ । यो कम्पनीले १० वर्षको अवधिमा ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिएको छ । यो वर्षका लागि भने कम्पनीले लाभांश घोषणा गरेको छैन । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिसेयरमूल्य ९८० रुपैयाँ छ । यो कात्तिक १४ गतेको मूल्य हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यीबाहेक १० वर्षदेखि उच्चदरमा लाभांश दिनेमा एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, साल्ट ट्रेडिङ कर्पाेरेसन, नागरिक लगानी कोष, नबिल बैंक, चिलिमे हाइड्रो पावर, बोटलर्स नेपाल (तराई) र सोल्टी होटेल लिमिटेड छन् ।

यी कम्पनीहरूले पछिल्लो १० वर्षमा १० देखि १०५ प्रतिशतसम्म लाभांश दिएका छन् । बोटलर्स नेपाल (तराई) र सोल्टी होटेलले भने बीचका वर्षहरूमा लाभांश दिएका छैनन् । तर, त्यसपछि भने उच्च दरमा लाभांश दिएका छन् ।

२०७८/७९ र २०७९/८० मा बोट्लर्स (नेपाल)ले ६० प्रतिशतका दरले सेयरधनीलाई लाभांश दिएको थियो । त्यसैगरी, सोल्टी होटेलले पनि आर्थिक वर्ष २०७८/७९ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा ३१.५८ प्रतिशत लाभांश दिएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि कम्पनीले ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

पछिल्लो १० वर्षमा उच्च लाभांश दिएका १० कम्पनी 

Sjares-1730737627.jpg

Shareee-1730737627.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्