site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका नागरिकहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् । 

बिहीबार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्डपीडित संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । 

काठमाडौंको माइतीघरमा भेला भइ उनीहरूले विभिन्न नाराबाजी गरिरहेका छन् । जनताको पीडामा सरोकार नराख्ने सरकार चाहिँदैन, फैसला होइन न्याय गर, खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, सडक तथा खोलाको मापदण्ड खारेज गर, निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन्

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तस्बिरहरू हेर्नोस्

1732169826-k6hzG-1732170746.jpg

1732169826-WlRw4-1732170746.jpg

1732169827-o4LKD-1732170746.jpg

1732169827-qMBl6-1732170746.jpg

1732169827-SMB3I-1732170746.jpg

1732169825-Lq8vu-1732170745.jpg

1732169823-dYEhI-1732170745.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्