site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो, बयान भएन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मंगलबार सर्वोच्च अदालतमा उपस्थित गराइए पनि बयान लिइएन । उनका छोरा निराजनले यही मंसिर ८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश डा. मनोज शर्माको इजलासले गएको आइतबार बन्दी उपस्थित गराउने आदेश जारी गरेको थियो ।

आदेशानुसार उपस्थित गराइएका प्रसाईंको बयान भने नभएको वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार, सम्भवतः बुधबार (भोलि) पेसी राखिने र बयान पनि हुनेछ । उनलाई आज प्रहरी हिरासतमै फर्काइनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

व्यवसायी प्रसाईंले कम्बोडियाकोे टेलिकम कम्पनीमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ३२ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको भन्दै केही कागजात सार्वजनिक गरेका थिए । त्यसपछि उनी विद्युतीय कारोबार, किर्ते र सम्पत्ति शुद्धीकरणसहितका आरोपमा भक्तपुरस्थित निवासबाट यही मंसिर ४ गते पक्राउ परेका थिए । यस्तै आरोपमा उनी पक्राउ परेको यो दोस्रोपटक हो ।

उनी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृमाथि व्यक्तिगत आरोपका कारण विद्युतीय कारोबार ऐन उल्लंघनकै कसुरमा पक्राउ परी धरौटीमा रिहा भएका थिए ।

यसपटक प्रसाईंलाई सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा थुनछेक आदेशको आधार बन्न सक्छ । सर्वोच्चको बयानमा उनले प्रस्तुत गरेका तथ्यका आधार दिन नसके बन्दीप्रत्यक्षीकरणको रिट जारी गरिने छैन । रिट जारी नभए उनी थुनामै रहनेछन् । आधार प्रस्तुत गरेको अवस्थामा भने उनी सर्वोच्चकै आदेशमा रिहा हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्