site stats
बाह्रखरी :: Baahrakhari
देश
सामान्य प्रशासन मन्त्रालयको आदेश– शिक्षकलाई तलब भत्ता मासिक भुक्तानी गर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकले काम गरेबापत पाउने तलब भत्ता मासिक भुक्तानी गर्न सबै स्थानीय तहलाई आदेश दिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै ७५३ वटै स्थानीय तहलाई पत्र पठाउँदै उक्त आदेश दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र गरिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर १७ गते गरेको निर्णयलाई कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई भनेको हो ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्