site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको निष्कर्ष : कुनै पनि पार्टीसँग एकताको सम्भावना छैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निचोड निकालेको छ । पाँच दिनदेखि जारी स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले सहकार्यको सम्भावना भने जिवितै रहेको बताए ।

“देशका अन्य कुनै पार्टीसँग एकीकरण, एकता गर्ने सम्भावना नरहेको जानकारी गराउन चाहन्छौँ,” उनले भने, “सहकार्यको सम्भावना सधैँ जिवित हुँदा राष्ट्रिय एजेन्डामा सहकार्य गर्न तयार छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेकपा (माओवादी केन्द्र)लगायतसँग एकीकरणको छलफल चलिरहेको चर्चा चलेको थियो । एकीकृत समाजवादीले एकताको सम्भावना नरहेको निर्णय गरेको हो । औपचारिक निर्णय मंगलबार सार्वजनिक गरिने खतिवडाले जनाए । स्थायी कमिटी बैठक भोलि १ बजे फेरि बस्ने उनले बताए ।

 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्