site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आउँदो निर्वाचनमा कांग्रेस एक्लै लड्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आउँदो निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । सोमबार काठमाडौंमा पार्टीको महानगरस्तरीय भेलामा उनले यस्तो बताएका हुन् ।

उनले आउँदो निर्वाचनमा गठबन्धन नगरी कांग्रेस एक्लै लड्ने र बहुमत ल्याउने जिकिर गरे । “हामी आगामी चुनाव एक्लै फेस गर्द छौँ । एक्लै जान्छौँ चुनावमा,” उनले भने, “एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूले गरेका राम्रा कामको प्रचारप्रसार गर्न पार्टी अघि सर्नुपर्ने र कमी–कमजोरीको पनि जस/अपजस लिनुपर्नेमा उनले जोड दिए ।

“...देशको विकासमा हामीले जे जति काम गरेका छौँ, गरेका राम्रा कुराहरू भन्दै जानुपर्छ, भन्न छोड्नु हुन्न,” उनले भने, “तर, यो पनि होइन कि पर्याप्त गरिसक्यौँ भन्ने होइन । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम बाँकी छ ।”

उनले अगाडि भने, “कानुन बनाउन, योजना निर्माण गर्न धेरै काम बाँकी छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम बाँकी छ । तर, जे जति गरेका छौँ, हामीले नै गरेका छौँ । नेपाली कांग्रेस पार्टीले गर्न सकेन भने कुनै पार्टीले गर्ने लक्षण देखाएको छैन ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्