site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विराटनगर महानगरपालिकालाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी–बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका निम्ति दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत रानी–बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियालीसहित सडक सौन्दर्यीकरण परियोजनाका निम्ति बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो ।

बैंकले विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच मेयर नागेश कोइरालालाई दुई लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आउँदा दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

बैंक हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्