site stats
बाह्रखरी :: Baahrakhari
देश
सहज रूपमा नागरिकता पाउने वातावरण बनाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता सहज रूपमा पाउने वातावरण बनाउने बताएका छन् । शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले संविधान र कानुन बमोजिम सहजै नागरिकता पाउने गरी सहज वातावरण बनाउने बताएका हुन् । 

नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिले झण्डै तीन महिनामा सबै कुराको अध्ययन गरेर अदालतका फैसला, मौजुदा कानुनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । 

गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताए । 

प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुनेलगायत विषय समेटिएका छन् । भदौको ३१ मा गृहमन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेको नेतृत्वमा उक्त समिति गठन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्