site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भन त भन, यो देशको नाम के हो ?

यस्तो बेहोसी थिएन देशको नामै बिर्सूं
तै सोध्न मन भा’छ देशको नाम के हो ?

जति खाए पनि आफ्नै देश त सकिने हो
नखाई भोकै बस्ने पनि तिम्रै देश त हो !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समय फेरफार गरेर शासनमा बसे नयाँ
देशको मुहार उही पुरानो, खानेहरू नयाँ

जति नाम जपेका छौ सोच त्यो देश कुन हो
सोच सोच, सोच र भन देशको नाम के हो ?

नांगा, भोका र रोगी कसरी भए यति धेरै
खाएर कहिल्यै नअघाउने कति छौ हेर थोरै 

बाटो छा्ड्नुपर्ने पनि पहिलेझैँ तिनकै लागि
कसरी नयाँ पहिल्याउँछौ बाटैमा सँगै नहिँडे 

भन्नलाई त भनिन्छ यै हो देश मेरो   
भन त भन, यो देशको नाम के हो ? 
 
     
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्