site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंक खाता खोल्न राष्ट्रिय परिपयपत्र अनिवार्य : पुरानालाई के हुन्छ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्न यही माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । सरकारले गएको असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । सोही व्यवस्था नेपाल राष्ट्र बैंकले कार्यान्वयन गरेको हो ।

हाल बैंकमा नयाँ खाता खोल्न जानेहरूलाई भने यो अनिवार्य गरिएको छैन । निश्चित अवधिमा राष्ट्रिय परिचयपत्र ल्याउने सर्तमा बैंक खाता खोल्ने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बैंकिङ कार्यमा राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य गरेसँगै त्यसलाई हामीले लागु गरेका हौँ,” उनले बाह्रखरीसित भने, “तर, अहिले बैंकमा जानेहरूलाई बैंक खाता खोल्न रोकिएको छैन । केही समयभित्र राष्ट्रिय परिचयपत्र ल्याउने सर्तमा बैंकहरूले व्यवस्था मिलाइरहेका छन् ।”

पुराना खातावालालाई पनि क्रमिक रूपमा राष्ट्रिय परिचयपत्र ‘अपडेट’ गराइने उनले बताए । “सरकारले नै अनिवार्य गरेपछि हामीले त्यसलाई लागु गर्नैपर्छ,” आचार्यले भने, “पुराना खातावाला ग्राहकलाई पनि राष्ट्रिय परिचयपत्र अपडेट गर्न लगाउँछौँ । यो नागरिकताजस्तै अनिवार्य हुन्छ ।”

बालबालिकाको हकमा बुवा वा आमाको राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्