site stats
बाह्रखरी :: Baahrakhari
देश
आजको मौसम : दुई प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

आज शनिबार बिहान सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ भने तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको मौसम विभागले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहनेछ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले चेतावनी दिएको छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ । आज राति यी दुई प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विभागका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ । 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्