site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
नेपाली दूतावास बैंककले भन्यो– यी चार मुलुकमा वैदेशिक रोजगारीमा नआउनू

काठमाडौं । नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा नआउन आग्रह गरेको छ । दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको हो ।  

दूतावासले म्यानमारको गोल्डन ट्रयांगलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्यान्ड छिरेका एक नेपाली नागरिकलाई थाई सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्