site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्दै क्रेस्ट माइक्रोलाइफ

काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने दुई करोड २५ लाख रुपैयाँबराबरको दुई लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका निम्ति निष्कासन गर्न लागेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ २९ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्मित सफ्टवेयर मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्