site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगारीमा रहेकालाई क्रेस्ट माइक्रोलाइफको आईपीओ निष्कासन 

काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति आज (माघ १५)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने दुई करोड २५ लाख रुपैयाँबराबरको दुई लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका निम्ति निष्कासन गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्मित सफ्टवेयर मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्