site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा फेरि विमान दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। समाचार संस्था रोयटर्सका अनुसार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो । 

शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै एक प्राइभेट विमान दुर्घटना भएको जनाइएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकाको उड्डयन विभागका अनुसार फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड (ब्रान्सन विमानस्थल) जाँदै गरेको विमानमा ६ जना सवार थिए । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना थिए।

विमान तीव्र गतिमा खसेर घना बस्ती भएको सहरमा बजारिएको थियो । तत्कालै जहाजमा आगो लागेर विस्फोट भएको थियो । विमानमा सवार सबैजनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्