site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं विश्वविद्यालयको उपकुलपति अविलम्ब नियुक्त गर्न माग

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति अविलम्ब गर्न माग गरिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै केदारभक्त माधेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले उपकुलपतिको नियुक्तिमा अनावश्यक ढिलासुस्ती भइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, "उपकुलति नियुक्तिका लागि गठित खोज तथा सिफारिस समितिले मिति २०८१।९।१८ मा दरखास्त आह्वान गरी सूचना प्रकाशित गरेकोमा १६ जना उमेदवार को दरखास्त स्वीकृत भएको थियो । परन्तु, पुनः २०८१।१०।१८ मा दोस्रोपटक दरखास्त आह्वान गरियो र त्यसमा पनि चा जनाको दरखास्त स्वीकृत भयो । तत्पश्चात खोज तथा सिफारिस समितिको बैठकले दुवै सूचनाबाट प्राप्त एवं स्वीकृत उमेदवारहरूको बीचबाट तीनजनाको नाम सिफारिस गरी पठाइसकेपछि पनि त्यस सिफारिसबाट नियुक्ति नगरी पूनर्विचारका लागि समितिमा फिर्ता पठाएपछि उच्चशिक्षामा संलग्न र चासो राख्ने सबै सशंकित हुनु स्वाभाविकै हो ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त विश्वविद्यालयलाई राजनैतिक हस्तक्षेपबाट समस्याग्रस्त पार्ने काम तुरुन्त बन्द गरी उपकुलपतिको नियुक्ति अविलम्ब गर्न माग गरेका हुन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्