site stats
बाह्रखरी :: Baahrakhari
देश
शंखरापुरमा स्कुल बस दुर्घटना : तीनजनाको मृत्यु, ४० घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५, कात्तिकेस्थित साँखुमा स्कुल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।दुर्घटनामा ४० जना घाइते भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्‍ने ११ वर्षीय क्रिसल पुरी, सिन्धुपालचोकको बलेफी गाउपालिका–७ घर भई हाल काठमाडौंको चाबहिल बस्‍ने २४ वर्षीय सुरेश तामाङ सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका–९, भीम्सेनगोला बस्‍ने १४ वर्षीया शुशांका डोटेल छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चाबहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजे दुर्घटना भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्