site stats
बाह्रखरी :: Baahrakhari
खेल
शनिबार नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं । चीनको नयाँ वर्षको अवसरमा फागुन ३ गते शनिबार नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल हुँदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबलका लागि चीन युनान युवा फुटबल टोली नेपाल आइसकेको छ । उक्त मैत्रीपूर्ण खेलको तयारी पूरा भएको र खेल जित्ने लक्ष्यका साथ मैदान उत्रने दुई टोलीका प्रशिक्षक र कप्तानहरूले जनाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलअघि शुक्रबार रंशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली यु–२० टिमका प्रमुख प्रशिक्षक राजेश शाहीले खेल जित्नका लागि खेल्ने भएकाले युवा टोलीले राम्रो खेल देखाउने विश्वास व्यक्त गरे ।

त्यस्तै, नेपाली यु–२० टिमका कप्तान सीमान्त थापाले छोटो अवधिमा राम्रो तयारी भएको र नजिता आफ्नो पक्षमा आउने बताएका छन् ।

त्यस्त,ै चीन युनान युवा फुटबल टिमका प्रशिक्षकले पनि मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी भएको जनाएका थिए । 

दूतावासले दोस्रोपटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्