site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्साबाट १७ लाख ३१ हजार रुपैयाँबराबरको औषधि बरामद

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–५, गणेशमान चोकबाट सशस्त्र प्रहरीले चोरीपैठारीको औषधि बरामद गरेको छ । करिब १७ लाख ३१ हजार रुपैयाँबराबरको चोरीपैठारीको औषधि शुक्रबार बरामद गरेको हो ।

सोही ठाउँ बस्ने सहबाज अहमदको घरमा भारतबाट अवैध रूपले ल्याई लुकाई छिपाई राखेको उक्त औषधि प्रस्तावित सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बरामद औषधि आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्