site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कंगनालाई आफ्नै पार्टीले किन दियो नीतिगत मामिलामा नबोल्न चेतावनी ?

काठमाडाैं । भारतीय जनता पार्टी (बीजेपी)ले आफ्नै पार्टीबाट सांसद बनेकी कंगना रनौतलाई नीतिगत मामिलामा नबोल्न चेतावनी दिएको छ । भाजपाले रनौतले दिएको हालैको एक विवादित अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेको छ । 

हिमाचल प्रदेशको मन्डी सिटबाट भाजपा सांसद बनेकी कंगना रनौतले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा किसान आन्दोलनका बारेमा बोल्दै साे आन्दोलनलाई बंगलादेशको घटनासँग तुलना गरेकी थिइन् । 

कंगनाले भारतमा चीन र अमेरिकाजस्ता विदेशी शक्तिले काम गर्ने दाबी पनि गरेकी थिइन् । बीजेपीले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो बयान नगर्न भनेको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बीजेपीको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भाजपा सांसद कंगना रनौतले किसान आन्दोलनमा दिएको बयान पार्टीको विचार नभएको उल्लेख गरिएको छ ।

के थियो कंगनाको विवादित भनाइ ?

कंगना रनौत चलचित्र अभिनेत्री हुन् । उनी आफ्नो अभिव्यक्तिका कारण पटक–पटक विवादमा आउने गरेकी छिन् । यस वर्षको लोकसभा चुनावमा भाजपाले उनलाई हिमाचल प्रदेशको मन्डी सिटबाट लोकसभा टिकट दिएको थियो।

लोकसभा चुनाव जितेर पहिलोपटक सांसद बनेकी कंगना रनौतले भर्खरै एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेृकी थिइन्, ‘‘हाम्रो शीर्ष नेतृत्व बलियो नभएको भए बंगलादेशमा जे भयो, यहाँ (भारतमा) हुन धेरै समय लाग्ने थिएन।’’

कंगनाले बंगलादेशमा भर्खरै भएको आन्दोलन र सत्ता परिवर्तनलाई भारतको किसान आन्दोलनसँग जोड्दै भनिन्, ‘‘यहाँ किसान आन्दोलन भएका थिए, त्यहाँ शव झुण्डिएका थिए, त्यहाँ बलात्कार भइरहेका थिए ।’’

‘कृषकहरूको लामो योजना थियो, बंगलादेशमा जस्तो भयो। त्यस्ता षड्यन्त्रहरू.. किसानहरूलाई के लाग्छ...? चीन, अमेरिका... यहाँ विदेशी शक्तिहरू काम गरिरहेका छन्।’’

कंगनाको भनाइमा बीजेपीले भनेको छ, ‘‘भाजपा रनौतको भनाइसँग असहमति व्यक्त गर्दछ। पार्टीको तर्फबाट कंगना रनौतलाई न त पार्टी नीतिगत मुद्दाहरूमा बोल्ने अनुमति छ न त अधिकार नै छ।’’

भाजपाले कंगना रनौतलाई भारतीय जनता पार्टीले भविष्यमा त्यस्तो कुनै पनि बयान नगर्न निर्देशन दिएको छ।

पार्टीले थप भन्यो, ‘‘भारतीय जनता पार्टी ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ र सामाजिक सद्भावको सिद्धान्तलाई अनुसरण गर्न कटिबद्ध छ।’’बीबीसीबाट

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्