site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुटवलमा दिपलको स्टेट–अफ–आर्ट सोरुम

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम संचालनमाा ल्याएको छ । 

एमएडब्लू वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिपलको नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्तरूपमा गरेका हुन् ।

संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ को बिक्री पनि सुरु गरिएको छ ।

बुटवलमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लू वृद्धिले भैरहवास्थित मौर्य होटेलबाट बिहीबारबाट तीनदिनका लागि टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यो अवधिमा लुम्बिनी प्रदेशका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरू दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सकिनेछ ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनु हुनेछ । यसका अलावा दिपलका इभी टेस्टड्राइभ गर्नुहुने सबैले दिपलको तर्फबाट उपहार पाउनु हुनेछ ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचर छन् । यो ईभी नेपाली बजारमा ७०० भन्दा बढी बिक्री भइसकेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्