site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आइफोनको लक स्क्रिनबाटै अब गुगलको जेमिनाईसँग कुरा गर्न सकिने

काठमाडौं । अब आइफोनको लक स्क्रिनबाटै गुगलको जेमिनाई एआई च्याबटसँग कुराकानी गर्न सकिने भएको छ । गुगल जेमिनाईले आईओएस एपमा सोमबार सार्वजनिक गरेको अपडेटमा यस्तो सुविधा थपिएको हो ।

यससँगै लक स्क्रिनमा विजेट थपेर प्रयोगकर्ताले जेमिनाईसँग लाइभ कुराकानी गर्न सक्नेछन् । गुगलको जेमिनाईले हालैका घटनाक्रमको जानकारी पनि लाइभ दिन सक्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एप्पलको एआई इनेब्ल्ड असिस्टेन्ट सिरी सन् २०२७ सम्म आउने भनिएका बेला गुगलले एलएलएममा आधारित भ्वाइस असिस्टेन्ट जेमिनाईबाटै आईफोन प्रयोगकर्तालाई सुविधा दिन थालेको हो ।

तर, एलएलएमबाट सञ्चालित एप्पलको सिरीले तेस्रो पक्षका असिस्टेन्टको तुलनामा आइफोनमा निकै धेरै कुरा गर्न मद्दत गर्छ ।

च्याट जीपीटीको आईओएस एपले पनि आईफोन प्रयोगकर्तालाई लाइभ भ्वाइस कुराकानीको सेवा दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्