site stats
बाह्रखरी :: Baahrakhari
खेल
'बी' डिभिजन लिगको सञ्चालन खर्च करिब चार करोड

काठमाडौं । फागुन अन्तिम सातादेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिग सञ्चालनका निम्ति करिब चार करोड खर्च हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको लागत तीन करोड ९३ लाख एक हजार ८१३ रुपैयाँ रहेको जनाएको हो ।

प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्स खेलमैदानमा सिंगल राउन्ड रोबिन प्रणालीमा खेल सञ्चालन हुनेछ । प्रतियोगितामा कुल ९१ वटा खेल हुनेछन् । लिगमा कुल १४ वटा विभिन्न क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुने १४ वटा क्लबमा कुमारी क्लब, मध्यपुर युथ क्लब, बौद्ध टुसाल युथ क्लब, श्री कुमारी क्लब, झापा फुटबल क्लब, च्यासल युथ क्लब, बाँसबारी क्लब, प्लानिङ ब्वाइज युथ क्लब, नयाँ वस्ती युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, सरस्वती युथ क्लबर विरगन्ज युनाइटेड र आरसिटी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लिगको टिकेटिङ, प्रसारण र मार्केटिङ अधिकार एमडीएसी स्पोर्टलाई दिएको छ । दशरथ रंगशालामा भीआईपी प्याराफिटतर्फको टिकट ३०० रुपैयाँ र साधारणतर्फ १०० रुपैयाँ निर्धारण गरिएको छ । लिग विजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख रुपैयाँ र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । 

त्यस्तै, फेयर प्ले जित्ने टिमले एक लाख रुपैयाँ पाउनेछ । यसैगरी, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ५० हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई ५० हजार रुपैयाँ दिइनेछ । हरेक खेलमा विजयी टोलीले २५ हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्