site stats
बाह्रखरी :: Baahrakhari
देश
राप्रपाले अझै पाएन महानगरको जरिवानापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले काटेको भनिएको जरिवानापत्र प्राप्त नगरेको जनाएको छ ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महानगरले पठाएको भनिएको जरिवानापत्र नपाएको बताए ।

“महानगरले पठाएको जरिवानापत्र आइपुगेको छैन, सामाजिक सञ्जालमार्फत मात्र थाहा पायौँ । आधिकारिकरूपमा पत्र आएपछि छलफल हुन्छ,” प्रवक्ता श्रेष्ठले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गर्नुपर्ने बेहोराको पत्र काटेको थियो ।

महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले महानगरले काटेको पत्र आज राप्रपाको पार्टी कार्यालयमा पुग्ने बताए । “राप्रपालाई आइतबार गरिएको जरिवानापत्र आज पुग्ला,” उनले भने ।

महानगरको पत्रमा एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्डमा फोहोर गरेको उल्लेख छ । बिरुवा र रेलिङमा भौतिक क्षति पुगेको पनि महानगरको पत्रमा उल्लेख छ ।

हेर्नुहोस् पत्र

482627424_1692519721616173_2310452687025635230_n-1741533775.jpg

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्