site stats
बाह्रखरी :: Baahrakhari
देश
बाजुरामा भीरमा अड्किएका आठजनाको उद्धार
फाइल तस्बिर ।

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगस्थित स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर मृत्यु भएकाको उद्धारका निम्ति गएका आठजनाको सकुशल उद्धार गरिएको छ ।

आइतबार (फागुन २५) दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा भीरबाट लडेर स्वामीकार्तिक खापर–२, फयाल गाउँका स्थानीय पुसे भण्डारीको मृत्यु भएको थियो । भीरबाट लडेका भण्डारीको उद्धारका निम्ति गएका सोही गाउँका आठ स्थानीयसहित सुरक्षाकर्मी रातभर भीरको फेदीस्थित कर्णाली नदीको किनारमा रोकिएका थिए । र्‍याफ्टिङमार्फत उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार (फागुन २६) बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्‍याप्टिङ ल्याएर उनीहरूको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।

कानुनी प्रक्रिया पूरा गरेर भण्डारीको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्