site stats
बाह्रखरी :: Baahrakhari
देश
एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना 

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ ।

सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले बुधबार एमाले मुख्यालयमा धर्ना दिएका हुन् । सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । यसपटकको आन्दोलन निर्णायक भएको भन्दै चाँडोभन्दा चाडो विद्यालय शिक्षा ऐन अघि बढाउन उनले आग्रह गरे । 

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ । 

त्यस्तै, चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्