site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बिक्रीको सिलसिलामा

कति सुन्दर हुँदो हो 
भारको भारीले थिचिएर 
आभार भन्नुको मजा !

समुद्रमा छचल्किरहने छालहरूजस्तो
कलाले सिँगारिएको कुनै चित्तबुझ्दो चित्रजस्तो 
रहरको लहर बोकेर कँदेको कुनै हाटबजारजस्तो
मनले मन साटेरै मन पराएको कुनै प्रेमजस्तो
अप्ठ्यारोसँग कुनै वृक्ष हाँगामा झुन्डिएर 
मन नै बहलाउने गरी फुलिरहेको सुनगाभाजस्तो 
 
कति सुन्दर हुँदो हो 
भारको भारीले थिचिएर 
आभार भन्नुको मजा !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चाकरी, चाप्लुसी,
बदमासी र बदनाम 
बिकेपछि पैसामा 
बदलिन्छ आभारमा 

आभार हजुर, आभार !
जमाना र रमाना बिक्री कक्षबाट ।
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्