site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यही चैत ३० देखि २०८२ वैशाख ८ (१२ अप्रिलदेखि २१ अप्रिल)सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगितामा आयोजक नेपालले अफगानिस्तान, यूएई, हङकङ र ओमानको सामना गर्नेछ ।

नेपाली टोली
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, निरजकुमार यादव, सहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशनकुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अलि, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरबिन्द घर्ती, सोहेल कुँवर, विपिन कुमार शर्मा, नितेश पटेल र अमर मिश्र

 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्