site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकको अगुवाइमा नेपालमै पहिलोपटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना सञ्चालनमा आउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा माछापुच्छ्रे बैंकसहित २ बैंकले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलोपटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना सञ्चालनमा आउने भएको छ ।

आइतबार प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङ र लगानीकर्ता बैंकबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ । उक्त परियोजना बनेपा नगरपालिकाको नासिकास्थान साँगामा निर्माण हुने बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परियोजनाको अनुमानित लागत एक अर्ब २० करोड ७ लाख रुपैयाँमध्ये बैंकहरूले ८५ करोड रुपैयाँबराबरको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक) बढीमा ८०ः२० को ऋण स्वपुँजी रहने गरी लगानी गर्नेछन् ।

यसमध्ये सिटिजन्स बैंकबाट ६० करोड (आवधिक कर्जा ५० करोड रुपैयाँ, बैंक ग्यारेन्टी सुविधा पाँच करोड रुपैयाँ र क्यास क्रेडिड कर्जा पाँच करोड रुपैयाँ) र माछापुच्छ्रे बैंकबाट ३५ करोड (आवधिक कर्जा) लगानी हुनेछ भने बाँकी स्वपुँजी प्रवर्द्धकबाट जुटाइनेछ । परियोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य रहेकोे छ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सहअगुवाइ तथा अन्य बैंकसँगको सहवित्तीयकरण कर्जामार्पmत जलविद्युत्, हरित ऊर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रूपमा लगानी गर्दै आएको बताए ।

प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङका तर्फबाट अध्यक्ष सुमन रायमाझीले आगामी दुई वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी तेस्रो पक्ष भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामग्रीको आपूर्ति तथा प्रबन्ध सेवा, लेवालिङ सेवा, ढुवानी सेवा तथा अन्य सम्पूर्ण सेवा प्रदान गरिने बताए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्