site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । अधिकांश स्थानमा भने मौसम सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार कोसी र गण्डकी प्रदेशका केही उच्च पहाड र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । 

काठमाडौंमा आज दिउँसो मुख्यतया मौसम सफा रहनेछ । “काठमाडौंमा आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहनेछ,” मौसमविद् दाहालले भने, “काठमाडौंमा अझै केही दिन वर्षाको सम्भावना छैन ।” 

अर्को प्रणाली विकास नभएसम्म केही दिन मौसममा ठूलो फेरबदल नहुने उनी बताउँछन् । 

“अपराह्नपछि तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । तर, क्षति पुर्‍याउने खालको ठूलो हावाहुरी भने चल्ने छैन,” उनले प्रष्ट पारे । 

कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सम्भावित क्षतिबाट बच्न सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी र स्थानीय वायु ‘स्ट्रङ’ नहुँदा ठूलो र धेरै स्थानमा वर्षा हुन सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्