site stats
बाह्रखरी :: Baahrakhari
खेल
 मुख्य प्रशिक्षक घालेनोईले गरे मेह्दीको प्रशंसा

काठमाडौं । इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले टोलीका स्ट्राइकर मेह्दी तारेमीको प्रशंसा गरेका छन् । उज्वेकिस्तानविरुद्ध मेह्दीको दुई गोलमा इरानले फिफा विश्वकप–२०२६ मा स्थान पक्का गरेपछि प्रशिक्षक घालेनोले सन्तुष्टि व्यक्त गरेका हुन् ।

“उत्कृष्ट खेलाडीले शारीरिक र प्राविधिक दुवैरूपमा सहयोग गर्नुपर्छ,” घालेनोईले भने, “तारेमी पनि तिनैमध्य एक हुन् । उनले स्वास्थ्य स्थिति राम्रो नभए पनि राष्ट्रिय टिमबाट खेले, राष्ट्रका लागि र समर्थकका लागि । उनी मैदानमा उत्कृष्ट खेलाडी बने, त्यसबाट खुसी छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इटालियन क्लब पोर्टाेमा आबद्ध भएयता चोटका कारण अस्थिर सिजन बिताइरहेका तारेमीले आफ्नो दुई गोलले गर्दा राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

आजाड रंगशालामामा सम्पन्न खेलमा उज्वेकिस्तानसँग २–२ को बराबरी हुँदा तारेमी एक्लैले दुई गोल गरेका थिए । उक्त खेलमा उनले ५२औँ र ८३औँ मिनेटमा गोल गरेका थिए । यसै बराबरीबाट इरानले फिफा विश्वकपकमा स्थान बनाएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्