site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादी र गणतन्त्रवादी आन्दोलनमा गम्भीर हुनू : मानव अधिकार आयोग 

काठमाडौं । मानव अधिकार आयोगले शुक्रबार हुने राजावादी र गणतन्त्रवादीको प्रदर्शनमा शान्ति सुरक्षा कायमका लागि गम्भीर हुन सुरक्षा निकायलाई ध्यानाकर्षण गराएको छ । आज एक विज्ञप्ति जारी गर्दै आयोगले यस्तो बताएको हो । 

समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र संगठनले भोलि चैत्र १५ गते उपत्यकामा आफ्नो शक्ति प्रदर्शनको तयारी गरेको भनी विभिन्न समाचार माध्यममा आएका समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो । 

आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई आयोगले अपिल गरेको छ । 

 भोलिको प्रदर्शनलाई लिएर आयोगले काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल पनि गरेको जनाएको छ । 

आयोगले विभिन्न टोलीहरु बनाई भोलि हुने प्रदर्शनीको अनुगमन समेत गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्