site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालले भने– तीनकुने घटनाको ‘सुप्रिम कमान्डर’ पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीनकुने घटनाको ‘सुप्रिम कमान्डर’ पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, "दुर्गा प्रसाईंलाई एकदिनको कमान्डर बनाएर आफू सुप्रिम कमान्डर बन्ने ज्ञानेन्द्र शाहले सबै घटनाको जिम्मेवारी लिनुर्छ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले काठमाडौं महानगरले गरेको जरिवाना ज्ञानेन्द्र शाहले तिर्नुपर्ने उल्लेख गरे । पूर्वराजालाई सात लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेन शाहले हिम्मत देखाएको बताए । आफ्नो पार्टी कार्यालयमा आगजनी गरेर राजावादीले उदण्डता प्रदर्शन गरे पनि समयमा नै प्रहरी पुर्‍याउन नसक्नु सरकारको कमजोरी रहेको उनको भनाइ छ ।

शुक्रबारको घटनामा संलग्न सबैलाई कारबाही गर्न सरकारले आँट र हिम्मत देखाउनुपर्ने उनले बताए । उक्त घटनाले राजावादीको चरित्र नांगो रूपमा प्रस्तुत भएको जिकिर गरे ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्