site stats
बाह्रखरी :: Baahrakhari
विदेश
को हुन् भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा नियुक्त निधि ?

काठमाडौं । भारतीय विदेश सेवा (आईएफएस) अधिकृत निधि तिवारी प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवमा नियुक्त भएकी छिन् ।भारत सरकारको कार्मिक र प्रशिक्षण विभाग (डीओपीटी)ले यो आदेश तत्काल लागु हुने जनाएको छ ।

डीओपीटीले मार्च २९ मा यस सम्बन्धमा आदेश जारी गर्दै मन्त्रिपरिषद्को नियुक्ति समितिले गरेको निधिको नियुक्तिलाई अनुमोदन गरेको जनाएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनको नियुक्ति सह–कार्यकालको आधारमा गरिएको हो । सह–कार्यकाल भन्नाले प्रधानमन्त्रीको कार्यकालको अन्त्यसम्म वा अर्को आदेश नभएसम्मको कार्यकाल सम्झनुपर्छ ।

यो पदमा रहेर निधि तिवारीले अब प्रधानमन्त्री मोदीको दैनिक प्रशासनिक काम जस्तै कार्यतालिका व्यवस्थापन, नीति तथा प्रशासनिक समन्वय र सञ्चार आदि सम्हाल्नेछिन् ।

निधि विगत साढे दुई वर्षदेखि प्रधानमन्त्री कार्यालय (पीएमओ)मा कार्यरत थिइन् । निजी सचिव हुनुअघि उनी पीएमओमा उपसचिवको रूपमा कार्यरत थिइन् । यस पदमा रहँदा उनले विदेश र सुरक्षा मामिलासँग सम्बन्धित प्रमुख विभागहरू सम्हाल्दै आएकी थिइन्।

सन् २०१४ ब्याचकी आईएफएस निधिले २०१३ मा निजामती सेवा परीक्षामा ९६औँ स्थान प्राप्त गरेकी थिइन् । बीबीसी

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्