site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सर्जकहरूलाई सम्मान र पुरस्कारको घोषणा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रमा–कृष्ण सृजना प्रतिष्ठानले दुई वर्षका लागि विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । 

प्रतिष्ठानको कार्यसमिति बैठकले २०८० का लागि ‘कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान’ साहित्यकार तथा समालोचक प्रा. डा. चूडामणि बन्धुलाई, ‘वीर झागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार’ संगीतकार बुलु मुकारुङलाई र ‘डा. हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञान/प्रविधि पुरस्कार’ डा. मनीषराज पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले २०८१ सालका लागि ‘कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान’ प्रा. डा. अभि सुवेदीलाई, ‘वीर झागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार’ संगीतकार राजकुमार श्रेष्ठलाई र ‘डा. हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञान/प्रविधि पुरस्कार’ डा. इन्द्रप्रसाद सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको महासचिव यादव भट्टराईले जानकारी दिएको छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्