site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविलाई पक्राउ गर्न उच्च अदालतले पहिले नै तानाबाना बुनेको वाग्लेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद डा. स्वर्णिम वाग्लेले उच्च अदालतले रविलाई पक्राउ गर्न पहिले नै तानाबाना बुनेको आरोप लगाएका छन् । शनिबार चितवनमा आयोजित पार्टीको ‘जनयात्रा कार्यक्रम’लाई सम्बोधन गर्दै वाग्लेले यस्ते आरोप लगाएका हुन् । 

उच्च अदालतको फैसलामा ७–८ पानाको फैसलामा क्यानडा, हिन्दुस्तानलगायत देशको उदाहरण प्रस्तुत भएको भन्दै उनले भने, “कस्ता ट्यालेन्टेड न्यायमूर्ति आएछन् भन्ने लाग्यो । त्यो बहस सकिएको दिन लेख्न सक्ने फैसला नै थिएन । त्यो तानाबाना पहिले नै बुनिएको रहेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चितवनको कार्यक्रममा कुनै हालतमा सहभागी हुन नदिन सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिएको उनको जिकिर थियो । रविले उक्त कार्यक्रममा नयाँ कुरा राख्ने उद्घोष गरेकाले डराएर शुक्रबारै उनलाई पक्राउ गरिएको उनले बताए । 

“७ बजेतिर फैसला आउने, दुनियाँको ठुलो अपराधीलाई पक्राउन गर्न लागेको जस्तो गरेर, आकाश नै खस्ला जस्तो गरेर धरपकड गरियो, यो असाध्यै निन्दनीय छ,” उनले भने । 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्