site stats
बाह्रखरी :: Baahrakhari
विदेश
म्यानमार भूकम्पपछिको उद्धारमा खटिएका यूएसएआईडीका तीन सहायताकर्मी बर्खास्त
फाइल तस्बिर ।

काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पपछि खोज तथा उद्धार र पुनर्लाभमा सहयोग गर्दै आएका अमेरिकाका तीन सहायताकर्मीलाई डोनाल्ड ट्रम्प प्रशासनले कामबाट हटाएका छन् । ट्रम्प प्रशासनको यो निर्णयका कारण आपतकालीन प्रतिक्रियामा असर पारेको एक पूर्ववरिष्ठ कर्मचारीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

विनाशकारी भूकम्पपछि अवस्थाको मूल्यांकनका लागि दक्षिण–पूर्वी एसियाली राष्ट्र (म्यानमार) पुगेका तीन अधिकारीलाई यसै हप्ताको अन्त्यतिर कामबाट हटाइएको सूचना दिइएको अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी)की पूर्वअधिकारी मार्सिया वोंगले बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अत्यन्तै मेहनत गरेर यो टोलीले म्यानमारमा मानवीय सहायता आवश्यकता भएकाहरूको पहिचान गर्न लागिपरेको बेला जागिरबाट हटाइएको खबर आएको यूएसएआईडीको मानवीय सहयोग ब्युरोकी पूर्वउपप्रशासक वोंगले बताइन् ।

ट्रम्पको सरकारले ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारलाई ९० लाख डलर सहयोग दिने प्रतिबद्धता जनाएको थियो । भूकम्पमा परी तीन हजार तीनसयभन्दा बढीको ज्यान गएको छ । तर ट्रम्प प्रशासनले यूएसएआईडीमा गरेको ठूलो कटौतीले प्रतिकार्य क्षमतालाई बाधा पुर्‍याएको छ । यसबीच चीन, रूस, भारत र अन्य देशहरूले म्यानमारको भूकम्पपछिको प्रतिकार्यमा सहयोग गरिरहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्