site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले बुधबारदेखि चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि चिनियाँ वस्तुहरूको आयातमा कुल १०४ प्रतिशत आयात कर लगाउने तयारी गरेका छन् । 

राष्ट्रपति ट्रम्पकी ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उक्त  घोषणा गरेकी हुन् । ट्रम्पले गत बुधबार चीनविरुद्ध ३४ प्रतिशत पारस्पारिक आयात कर लगाएपछि चीनले पनि त्यसको जवाफमा अमेरिकालाई ३४ प्रतिशत आयात कर लगाएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीनले आफ्नो देशविरुद्ध प्रतिशोधात्मक कर लगाएपछि रिसाएको अमेरिकाले अर्को ५० प्रतिशत आयात कर थप्दै समग्रमा चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउन लागेको सीएनएनले जनाएको छ । 

यसअघि चिनियाँ वाणिज्य मन्त्रालयले चिनियाँ आयातमा थप ५० प्रतिशत कर लगाउने निर्णय गल्तीमाथि अर्को गल्ती भन्दै कडा विरोध गरेको थियो । मन्त्रालयले अमेरिकी निर्यातमा कर लगाउने प्रतिबद्धता दोहोर्‍याएको छ । लिभिटको यो घोषणपछि मंगलबार बिहान बढेको अमेरिकी सेयर बजारमा फेरि गिरावट आएको थियो । 

“चीनजस्ता देशहरूले प्रतिशोध राखेर अमेरिकी श्रमिकहरूप्रति गरिएको दुर्व्यवहार बढाउने गल्ती गरिरहेका छन्,” लिभिटले भनिन््, “राष्ट्रपति ट्रम्पसँग स्टीलजस्तो मेरुदण्ड छ, उनी कसैसँग झुक्दैनन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्