site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नयाँ वर्षमा गायिका रचना रिमालले ‘द क्लिफ’ तताउने

काठमाडौं । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित ‘द क्लिफ’मा नयाँ वर्षको अवसरमा गायिका रचना रिमाल सांगीतिक प्रस्तुति दिने भएकी छन् । नयाँ वर्ष मनाउन क्लिफ पुग्नेहरूले रिमालको सांगीतिक प्रस्तुतिसँगै रमाउन पाउने भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

नयाँ वर्षको अवसरमा क्लिफले क्याफे, मेगाट्रोलमा २० प्रतिशत छुट उपलब्ध गराइएको छ भने रिसोर्टमा रुम बुक गर्दा एउटा साहसिक पर्यटकीय गतिविधि निःशुल्क उपलब्ध गराइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथै, गायिका रिमालले पनि सामाजिक सञ्जालमार्फत नयाँ वर्षको अघिल्लो दिन अर्थात् यही चैत ३१ गते आफूले क्लिफमा प्रस्तुति दिन लागेको जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेकी छन् । रिमाल पछिल्लोसमय चर्चित कलाकारहरुमध्येमा पर्छिन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्