site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आईटीमा निजी क्षेत्रबाट ३० अर्ब लगानीको प्रस्ताव

काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी पार्क) बनाउन निजी क्षेत्रबाट झन्डै ३० अर्ब रुपैयाँ लगानी हुने भएको छ ।  इन्फ्रा होल्डिङ्सले आईटी पार्क पूर्वाधार बनाउन २९ अर्ब ८२ करोड रुपैयाँ लगानी प्रस्ताव लगानी बोर्डमा पेस गरेको छ । आईटी क्षेत्रमा आउन लागेको यो सबैभन्दा ठूलो लगानी हो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्न लागेको लगानी बोर्डको आउँदो बैठकमा निफ्राको लगानी प्रस्तावलाई पेस गरिने प्रवक्ता तथा सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायले बाह्रखरीलाई बताए । बोर्ड बैठकले सहमति दिएपछि आईटी पार्कको प्रारम्भिक काम अघि बढ्ने भएको छ ।

कीर्तिपुर मात्रै होइन, थुप्रै डाँडामा बसेर दुई/चार लाख रुपैयाँ कमाउने बनाउनैपर्छ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आईटी पार्कमा ग्रीन डाटा सेन्टर, बिजनेस एरिया, आईटी एजुकेसनलगायत पूर्वाधार बनाउन इन्फ्रा होल्डिङ्सबाट प्रस्ताव परेको उपाध्यायले जानकारी दिए । उनका अनुसार, इन्फ्रा होल्डिङ्सले आगामी असारसम्म विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डमा दिने भएको छ । विस्तृत सम्भाव्यता प्रतिवेदन आएपछि आईटी पार्क निर्माणको काम अघि बढ्ने उनले सुनाए ।

प्रवक्ता उपाध्यायका अनुसार कम्पनीले राजधानीको चोभार, खुमलटार, टोखा र नुवाकोटको सूर्यचौर गरी चार स्थानमा आईटी पूर्वाधार बनाउन प्रस्ताव गरेको छ । कम्पनीले गरेको लगानी प्रस्ताव प्रारम्भिक चरणमा रहेकाले विस्तृत प्रतिवेदन आएपछि अघि बढ्ने उनको भनाइ छ ।

बजारमा दक्ष जनशक्ति पाइँदैन

गएको वैशाख १६ गतेको लगानी सम्मेलनमा नेपालको बीएलसी होल्डिङ्स र भारतको हिरानन्दानी ग्रुपको संयुक्त लगानी काठमाडौंको रामकोटमा डाटा सेन्टर बनाउन सम्झौता भएको थियो । त्यसबेला बहुराष्ट्रिय कम्पनी योट्टा डाटा सर्भिसबीच साढे तीन अर्ब रुपैयाँ लगानी सम्झौता भएको थियो । डाटा सेन्टर सुविधाले चार मेगावाटसम्मको महत्त्वपूर्ण आईटी लोड प्रदान गर्नेछ । आगामी एक वर्षभित्र परियोजना सम्पन्न हुने अपेक्षा गरिएको छ ।

तीन एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको ६० हजार वर्गफुट हुनेछ । चार मेगावाटसम्मको क्रिटिकल आईटी लोडको समग्र क्षमताको साथ विकसित गरिने भएको छ । तीन वर्षअघि नेपालबाट झन्डै ७० अर्ब रुपैयाँ (५१ करोड अमेरिकी डलर) बराबरको आईटी सेवा निर्यात भएको आईडीएसको एक अध्ययनले देखाएको थियो । अघिल्लो वर्ष पनि एक खर्ब रुपैयाँ बढीको आईटी सेवा निर्यात भएको अनुमान गरिएको छ । यद्यपि, यथार्थ विवरण आउन बाँकी छ ।

यसरी गर्न सकिन्छ १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात

ठूलो सम्भावना देखेर सरकारले १० वर्षमा ३० खर्ब रुपैयाँको आईटी सेवा निर्यात गर्ने महत्त्वाकांक्षी लक्ष्य घोषणा गरेको छ । लक्ष्यानुसार १५ लाखलाई थप रोजगारी सिर्जना गर्ने योजना सरकारको छ ।

तर, यही बेला अमेरिकी आईटी कम्पनी कोटिभिटीलाई सरकारले १० अर्ब रुपैयाँ कर निर्धारण गरेर लगानी निरुत्साही गरेको छ । सरकार र कोटिभिटीबीच अदालतमा मुद्दा चलेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्