site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराजालाई एमालेले सोध्यो– जनजागरण भनेको तीनकुने अराजकता हो ?

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजा जिम्मेवारीबाट पन्छिएको टिप्पणी गरे ।

“उहाँ (पूर्वरावा ज्ञानेन्द्र)ले फागुन ७ मा मलाई साथ दिनुस् भनेपछि तीनकुने घटना भएको हो,” ज्ञवालीले भने, “उहाँ त्यसको जिम्मा लिनुपर्नेमा जवाफदेही हुनबाट पन्छिनुभयो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वराजा शाहमा अहिलेको उपलब्धिलाई पछाडि फर्काउन सकिने आशा जीवितै रहेको पाइएको ज्ञवालीले बताए ।

“जुन घटना घट्यो, चैत १५ गते तीनकुनेमा, त्यसलाई हामीले आपराधिक घटना भनेका छौँ । त्यसलाई उहाँले जनजागरण भनेर व्यक्त गर्नुभयो । त्यसैलाई जनजागरण भन्ने हो ? सर्वसाधारणको घरमा लुटपाट, सरकारी कार्यालयमा विध्वंस उहाँले भनेको जनजागरण ? यो स्वीकार्य हुँदैन । यस्ता अभियान सफल पनि हुँदैनन्,” उनले भने ।

उनका अनुसार, यस्ता क्रियाकलाप अस्वीकार्य रहेको भनेर बैठकले निर्णय नै गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्