site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जेलेन्स्कीले ट्रम्पलाई भने– युक्रेनको अवस्था हेरेर आउनुहोस्

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् । जेलेन्स्कीले युद्ध अन्त्य गर्न रूससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताएका छन् ।

उनी भन्छन्, "कृपया कुनै पनि निर्णय, कुनै पनि छलफलअघि यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस् ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेलेन्स्कीले सीबीएस न्यूजको '६० मिनेट' कार्यक्रममा यी कुराहरू भनेका हुन् ।

यो अन्तर्वार्ता आइतबार युक्रेनी सहर सुमीमा रूसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो । यस आक्रमणमा दुई बालबालिकासहित ३४ जनाको मृत्यु भएको थियो । यसबाहेक ११७ जना घाइते भएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्