site stats
बाह्रखरी :: Baahrakhari
खेल
सकियो गणेश थापामाथिको प्रतिबन्ध, भन्छन्– अब फुटबलको विकासमा सघाउँछु
फाइल तस्बिर ।

काठमाडौं । फुटबलको सर्वाेच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष गणेश थापामाथि लगााएको प्रतिबन्ध सकिएको छ । भ्रष्टाचारमा दोषी ठहर गर्दै फिफाले थापामाथि लगााएको १० वर्षे प्रतिबन्ध गएको मंगलबार सकिएको हो ।

पूर्वअध्यक्ष थापाले एक विज्ञप्तिमार्फत आफूमाथिको प्रतिबन्ध सकिएको जनाएका छन् । उनले अब आफू आगामी दिनमा फुटबलको विकासमा लागिपर्ने बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कठिन १० वर्ष अवधिपश्चात्, मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ,” थापाले विज्ञप्तिमा भनेका छन्, “यो यात्रा चुनौतीपूर्ण थियो । तर, यस अवधिमा मेरो परिवार, साथी, शुभचिन्तक र समस्त फुटबल प्रेमीहरूले गर्नुभएको सहयोग र अटल समर्थनका लागि म धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु । नेपाली फुटबलको विकास र विस्तारमा साथ र सहयोग सधैँ रहनेछ ।”

फिफाले २०७२ मा थापालाई १० वर्षका निम्ति कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

थापाले तत्कालीन एएफसीका अध्यक्ष मोहम्मद बिन हमामसँग रकम लिएको पाइएपछि फिफाले १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्