site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रशिक्षक एमोरिम भन्छन्– लियोनरिुद्धको जितले सिजन बिर्सन सहयोग गर्‍यो

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मुख्यप्रशिक्षक रुबेन एमोरिमले ओलम्पिक लियोनविरुद्धको रोमाञ्चक जितले टोली र आफूलाई निराशाजनक सिजन बिर्सन सहयोग गरेको बताएका छन् । 

बुधबार लियोनविरुद्ध ५–४ को रोमाञ्चक जित निकाल्दै युनाइटेडले युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको थियो । युनाइटेडले सम्रगमा ५–४ को जित निकालेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अन्तिम दुई गोलमा समर्थकको आवाज निकै रोमाञ्चक थियो । मलाई यही कारण खेलकुद एकदम मनपर्छ । सिजनमा मैले निराशा, असन्तुष्ट क्षण भोगे पनि यस्ता नतिजाले त्यसलाई भुलाउन सहयोग गर्छ,” प्रशिक्षक एमोरिमले खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, “यस सिजनमा यस्ता क्षणहरूले खेलाडीहरूलाई धेरै सहयोग गर्छ । उनीहरूले समर्थकसँग सम्बन्ध सुमधुर बनाउन सक्छन्, केही समयका लागि भए पनि हामीले विगतमा कस्तो खेल्यौँ भन्ने भुलाउन सक्छ ।”

बुधबार ह्यारी मग्वायरको निर्णायक गोलमा युनाइटेडले लियोनविरुद्ध रोमाञ्चक जित निकाले पनि यस वर्ष घरेलु प्रतियोगितामा भने टोलीको प्रदर्शन निराशाजनक छ । 

जारी सिजनमा युनाइटेड ३२ खेल खेल्दा हालसम्मको खराब नतिजासहित १४औँ स्थानमा छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्