site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नयाँ वर्षको अवसरमा ‘ठमेल काव्योत्सव’ सम्पन्न

काठमाडौं । सुनकोसी साहित्य प्रतिष्ठानले नयाँ वर्ष २०८२ को अवसर पारेर ‘ठमेल काव्योत्सव’को आयोजना गरेको छ ।

शुक्रबार ठमेलस्थित चिःबहालमा आयोजित काव्योत्सवको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले यो क्षेत्र कविवर माधव घिमिरे र दुर्गालाल श्रेष्ठको क्षेत्र भएको चर्चा गर्दै वडामा हुने साहित्यिक कर्ममा आफ्नो सहयोग रहने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आजको समयमा नकारात्मक सोच हाबी भएकोले साहित्यका माध्यमबाट सकारात्मक विचार फैलाउने काम होस् भन्ने चाहना व्यक्त गरे ।

उक्त अवसरमा कविहरू शशीश्री आचार्य, सुषमा आचार्य अंशु, तारा केसी, रुपा रिसाल, रमा अधिकारी कादम्बरी, गंगा थापा अधिकारी, राजुबाबु श्रेष्ठ, मधु पाठक, विश्व सिग्देल, त्रिविक्रम पाण्डे, विमल भौकाजी, देविका तिमिल्सिना, श्रीबाबु कार्की, पूर्णबहादुर हृदयंगत, दीपक चौलागाईं, माधव विडारी, मुरारि सिग्देल, प्रकाश रम्घाली, युवराज थापा, गोविन्दराज पौडेललगायतका कविहरूले कविता वाचन गरे ।

ठमेल काव्योत्सवको आयोजनामा स्थानीय चिःबहाल परिवार ठमेल र इखबरनेटले सहकार्य गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २२:३६
प्रतिक्रिया दिनुहोस्