site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तुलसी दिवस र तोया गुरुङलाई ‘वसुन्धरा–मान पुरस्कार’को घोषणा

काठमाडौं । वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले दुई विशिष्ट साहित्यकर्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले आधुनिक नेपाली कविताको सिर्जना एवं नेपाली लोकसंस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनमा योगदान पुर्‍याउने कवि तुलसी दिवसलाई २०८२ सालको ‘वसुन्धराश्री पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशि ७५ हजार रुपैयाँ समेत प्रदान गरिने छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, बैठकले आधुनिक नेपाली कविताका क्षेत्रमा योगदान पुर्‍याउने साहित्यकार कवि तोया गुरुङलाई २०८२ सालको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ समेत प्रदान गरिने प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे, दौलतविक्रम विष्ट, गोविन्दबहादुर मल्ल ‘गोठाले’ यदुनाथ खनाल, मदनमणि दीक्षित, डायमनशमशेर राणा, इन्द्रबहादुर राई, मोहन कोइराला, सत्यमोहन जोशी, कृष्णचन्द्रसिंह प्रधान, वैरागी काइँलालगायतका साहित्यकारहरू पुरस्कृत भइसकेका छन् । त्यस्तै, मानश्री पुरस्कारद्वारा कवि दिनेश अधिकारी, विनय रावल, अशेष मल्ल, ज्ञानुवाकर पौडेल, मञ्जुल, मधुवन पौडेल, विष्णुविभु घिमिरे, कृष्णभूषण बल, भुवन ढुंगाना, सनत रेग्मी, डा. रामदयाल राकेशलगायतका सर्जकहरू पुरस्कृत भइसकेका छन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्