site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सेवानिवृत्त निजामती कर्मचारीले दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छ : पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्ने बताएका छन् । सोमबार (वैशाख ८) प्रतिनिधिसभाअन्तर्गको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले पेन्सनप्राप्त कर्मचारीले राजनीतिक वा अरू कुनै नियुक्ति पाउँदा एउटा मात्र सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए । अवकाशप्राप्त कर्मचारीले राजनीतिक नियुक्ति पाए पनि सुविधा, निवृत्तिभरण र ७० वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता समेत लिने गरेको उनले उल्लेख गरे । अब दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्ने उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यदि, राजनीतिक अथवा अन्य कुनै पनि नियुक्तिमा गयो भने पेन्सनप्राप्त कर्मचारीले दुईवटामध्ये कुन धेरै हुन्छ त्यो लिओस्, त्यो उसको आफ्नो विषयवस्तु भयो,” उनले भने, “दुईवटा, तीनवटा लिन पाउँदैन ।”

मन्त्रिपरिषद्ले सेवानिवृत्त कर्मचारीलाई दोहोरो सुविधा नदिने निर्णय गरिसकेको भए पनि त्यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्