site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराजातर्फ संकेत गर्दै ओलीले भने– कुहिएर झरेको शक्ति फेरि क्रान्तिकारी बन्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुहिएर झरेको शक्ति फेरि क्रान्तिकारी हुन नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा मंगलबार प्रधानमन्त्री ओलीले राजावादी आन्दोलनतर्फ लक्षित गर्दै राजतन्त्र क्रान्तिकारी शक्ति बन्नै नसक्ने दाबी गरे ।

“केही पुनरुउत्थानवादीले परम्परागत शक्तिलाई फेरि क्रान्तिकारी बनाउने प्रयत्न गर्दै छन्,” पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ संकेत गर्दै ओलीले भने, “कुहिएर झरेको शक्ति पुनः क्रान्तिकारी हुन सक्दैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफ्नै पार्टीबाट पनि त्यसरी नै केही नेता झरेको टिप्पणी गरे । उनीहरू पनि फेरि क्रान्तिकारी बन्न नसक्ने ओलीको दाबी छ ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले नेपालमा मात्र नभएर दुनियामै पुनरुत्थानवादी क्रान्तिकारी भएको इतिहास नरहेको बताए । नेपालमा मुठ्ठीभर समूहले आफूलाई क्रान्तिकारी दाबी गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्